Skip to content

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनीको नाममा रहेको १ हजार ८ सय ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय, बनेपा–१३, साँगा, काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्ने सेयर कित्ताको मूल्य तथा संख्या खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

तोकिएको उक्त म्यादभित्र संस्थापक सेयरधीहरुबारट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमानुसार अन्य कम्पनी तथा व्यक्तिमा बिक्री प्रकृया अघि बढाईने संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life