Skip to content

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया लम्बियो, अल्पकालीन अन्तरिम आदेशको निरन्तरता

nabil bank

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया लम्बिने देखिएको छ । अध्यक्ष नियुक्त प्रक्रिया पचिलो बनिरहेको अवस्था अहिले यो विषय अदालतसम्म पुगेको छ । अदालतले असार १८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तर्ता दिएसँगै रिटको अन्तिम फैसला नभएसम्म अध्यक्ष चयन प्रकृया रोकिने भएको हो ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले असार १८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेजीपछि अध्यक्षका आकांक्षीमध्येका एक सन्तोष नारायण श्रेष्ठले हालेको मुद्दामा शुक्रबारको संयुक्त इजलासले न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले गत मंगलबार गरेको निर्णयलाई निरन्तरता दिएको हो ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न गठन गरेको समिति विघटन गर्दै अध्यक्ष नियुक्तिको सबै प्रकृया रद्द गरेपछि परेको रिटमा मुसलमानको इजलासले गत मंगलबार नयाँ अध्यक्ष छनोट प्रक्रिया रोक्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । शुक्रबार न्यायाधिसहरु प्रधान र ढकालको संयुक्त इजलासले एकल इजलासको निर्णयलाई सदर गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयले कानुनी व्यवस्था अनुसार धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तरवार्ता तथा योजना प्रस्तुतीकरण गरेका दुई जनालाई मात्र सिफारिस गर्न नमिल्ने राय दिए पछि प्रक्रिया रद्द गरिएको थियो । सोही साय अनुसार सरकारले गत फागुनमा गठन गरेको समिति र उक्त समितिले अघि बढाएका सबै प्रकृया रद्द गर्दै धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न नयाँ समिति गठनसमेत गरिसकेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime