Skip to content

प्रभु बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । प्रभु बैंकले ३ लाख कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १० जना संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ३३ हजार ७९८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी कोपिला ढंगाना घिमिरेको नाममा रहेको १८ हजार २९४ कित्ता, गंगाराम महर्जनको २४ हजार ७०३ कित्ता, मदन लाल जैनको ३९ हजार ४०५ कित्ता, राजकुमार पोखरेलको ९९ हजार ८१९ कित्ता, महेश बहादुर बस्न्यातको ३८ हजार ६४५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीको १६ हजार ७६ कित्ता, राजेश शर्मा दाहालको नाममा रहेको ३२ हजार ८२ कित्ता, अनिल राज पौडेलको ८ हजार, दिनेश अर्यालको ३५ हजार ७२१ कित्ता, ताराप्रसाद पोखरेलको नामा रहेको १९ हजार ७२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचना मार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi