Skip to content
Prabhu

सुनको मूल्य रेकर्डनजिक, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य रेकर्ड नजिक पुगेको छ । अघिल्लो दिन १ हजार ६ सय रुपैयाँले बढेको सुन आज १ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको हो । यो नेपाली बजारमा रेकर्ड मूल्यभन्दा ६ सय रुपैयाँ कम हो ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले महँगो भएको छ । अघिल्लो दिन १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेर १ हजार ८७० रुपैयाँ पुगेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३६२.६४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३०.५५ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal