Skip to content
Prabhu

नेपाल लाइफको बाह्य लेखापरीक्षकमा पिएल श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बाह्य लेखापरीक्षकमा चार्टड एकाउन्टेन्ट संस्था पिएल श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरेको छ । कम्पनीले असार १८ गते सम्पन्न वार्षिक साधारणसभामार्फत बाहृय लेखापरीक्षकमा पिएल श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरेको हो ।

कम्पनीको आव २०८०/८१ को लेखापरीक्षण गर्न उक्त कम्पनीलाई बाह्य लेखापरीक्षकको रुपमा नियुक्त गरेको कम्पनीले जनाएको छ । सभाले पूर्व निर्धारित विषयहरुउपर छलफल गरी पारित समेत गरेको कम्पनीले जानकारी दिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal