काठमाडौं । यो साता सुनको मूल्य लगातार बढी नै रह्यो । साताको पहिलो दिनदेखि शुक्रबारसम्म सुन मूल्य लगातार रुपमा बढेको थियो । आइतबार देखि शुक्रबारसम्मको अवधिमा सुनको मूल्य २ हजार ४०० रुपैयाँले महंगो भएको हो ।
यो साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ रहेको थियो । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको भन्दा सोमबार सुन तोलामा २०० रुपैयाँले बढेर १ लाख ४२ हजार २०० पुगेको थियो । मंगलबार सुन फेरि तोलामा १०० रुपैयाँले बढेर १ लाख ४२ हजार ३०० सयमा कारोबार भएको थियो ।
बुधबार सुन पनि सुन तोलामा ४०० रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भयो । बिहीबार भने सुन तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो । एकै दिन १ हजार ६०० रुपैयाँले बढेर सुन तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुग्यो । शुक्रबार पनि सुन तोलामा १०० रुपैयाँ बढेर १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबारदेखि यो साताको शुक्रबारसम्म भने नेपाली बजारमा सुनको मूल्यले २ हजार ६०० रुपैयाँले महँगो भएको छ । गत शुक्रबार १ लाख ४१ ह्जार ८०० रुपैयाँमा कारोबार भएको सुन यो साताको शुक्रबारसम्म २६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ७९० रुपैयाँ रहेको चाँदी यो साता ८० रुपैयाँले बढेर साताको अन्तिम कारोबार दिन शुक्रबार १ हजार ८७० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्