Skip to content
Prabhu

बाढीका कारण ७ जलविद्युत आयोजना पूर्ण रुपमा बन्द, ९ वटामा आंशिक क्षति

काठमाडौं । निरन्तर रुपमा परेको बर्षाका कारण आएको बाढीले १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । शुक्रबारदेखि देशका विभिन्न स्थानमा भईरहेको वर्षाको कारण ७ वटा जलविद्युत आयोजनाको उत्पादन पूर्ण बन्द भएको छ भने ९ वटामा आंशिक क्षति पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार देश कै ठूलो अपर तामाकोशीको उत्पादन पनि बन्द गरिएको छ । राति १ बजेर ४३ मिनेटपछि ४५६ मेगावाटको तामाकोशीको उत्पादन पूर्ण रुपमा बन्द गरिएको छ । त्यस्तै बिहान ४ बजेर १० मिनेटपछि ६० मेगावाटको अपर त्रिशुली ३ ए आयोजनाको उत्पादन बन्द गरिएको छ भने ८ बजेर ४६ मिनेट पछि १० मेगावाटको सुनकोशी आयोजनाको उत्पादन बन्द गरिएको छ। प्राधिकरण र उसका सहायक कम्पनीका ५२६ मेगावाटका विद्युत आयोजना बन्द गरिएको छ ।

त्यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावटको लोवर मोदी, १८ मेगावाटको मिडल मोदी र ४० मेगावटको अपर चमेलियाको उत्पदन पूर्ण रुपमा बन्द गरिएको छ । सरकारी र निजी क्षेत्रको गरि कुल ६४० मेगावाटका आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा ठप्प छ ।

यी बाहेक ९ वटा आयोजनाले भने आंशिक रुपमा मात्र विद्युत उत्पदन गरिरहेका छन् । सोलु दुधकोशीले ५० मेगावाट, लिखु १ ले ४७ मेगावाट, लिखु २ ले २९ मेगावाट, मध्य तमोरले ३८ मेगावाट, कालिगण्डकी एले ६० मेगावाट , मोदीले ७ मेगावाट, त्रिशुलीले ६ मेगावाट, देविघाटले ५ मेगावाट र चमेलियाले १४ मेगावाटमात्र विद्युत उत्पादन गरिरहेको प्राधिकरणले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal