Skip to content
Prabhu

केपी ओलीको निजी निवासमा खटिएका सुरक्षा प्रमुखको मृत्यु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुखको मृत्यु भएको छ । ओलीको निवासमा खटिएका सुरक्षा प्रमुख उमेश थापाको मृत्यु भएको हो ।

सशस्त्रका सहायक प्रहरी निरीक्षक ४२ वर्षका थापा हिजो बेलुका खाना खाएर सुतेको र आज बिहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजन कार्कीका अनुसार थापालाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal