सुनसरी । वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ । आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर ३ लाख ३ हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।
अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन् । यहाँ निरन्तर पानीको बहाव बढ्दै गएको छ । आज बिहान ४ बजेको मापनअनुसार एक लाख २४ हजार चार सय ६५ क्युसेक, दिउँसो १ बजे दुई लाख ४४ हजार क्युसेक र साँझ ५ बजे दुई लाख ८२ हजार छ सय ८० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो ।
लगातार पानीको बहाव र तह बढ्दै गएपछि कोशी ब्यारेजमा सुरक्षा निगरानी बढाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस्