Skip to content
Prabhu

सिटिजन्स बैंकका ग्राहकलाई कावासोती हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कावासोती, नवलपुरस्थित कावासोती हस्पिटलबीच विशेष छुट दिने सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले कावासोती हस्पिटलका सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने सम्बन्धमा सम्झौता भएको हो ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

उक्त बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना १ सय ९४ वटा शाखा, १ सय ५७ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट १७ लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal