Skip to content
Prabhu

सुनको मूल्य तोलामा ४ सयले सस्तियो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । अघिल्लो १ हजार रुपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुन आज तोलामा १ हजार रुपैयाँ सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलामा १ दाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको जस्तै तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal