Skip to content
Prabhu

प्रिओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिनको प्रिओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेर बन्द भएको छ । सोमबारको प्रिओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ९७ अंकले बढेको हो ।

आइतबार २१ दशमलव २७ अंक बढेर २१४० दशमलव ९७ विन्दुमा बन्द भएको नेप्से सोमबारको प्रिओपन सेसनमा २ दशमलव ९७ अंक बढेर २१४३ दशमलव ९५ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ३६ अंक बढेको छ ।

सोमबार प्रिओपन सेसनमा ६४ स्टकको ८१ पटकको कारोबारमा ८ लाख ७७ हजार ५२० रुपैयाँबराबरको १ हजार ४५५ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ३८ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ । बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal