Skip to content
Prabhu

आजराति १२ बजेदेखि सरकारी खाता बन्द, अघिल्लो वर्षको लक्ष्य भेटाउन १ खर्ब भुक्तानी गर्नुपर्ने, आइतबार २४ अर्ब २७ करोड भुक्तानी

काठमाडौं । अर्थ मन्त्रालयले एकै दिन २४ अर्बभन्दा धेरै रकम भुक्तानी गरेको छ । मन्त्रालयले सरकारी खाता बन्द हुनुभन्दा एक दिनअघि असार २३ गते (आइतबार) एकै दिन २४ अर्ब २७ करोड रकम भुक्तानी दिएको हो ।

आइतबारसम्म सरकारकोख खर्च गत वर्षको भन्दा कम देखिएको छ । आइतबारसम्म सरकारको १३ खर्ब २२ अर्ब खर्च भएको छ । गत आवमा सरकारले १४ खर्ब २९ अर्ब खर्च गरेको थियो । सरकारले गत वर्षको जति खर्च गर्नका लागि सोमबार एकै दिन १ खर्बभन्दा बढीको भुक्तानी दिनु पर्ने हुन्छ । गत वर्षको जति खर्च गर्नका लागि सरकारले आज १ खर्ब ७ अर्ब रकम भुक्तानी दिनु पर्ने हुन्छ । जुन संभवन देखिँदैन ।

सरकारी भुक्तानी गर्ने समय आज (सोमबार) रातिसम्म रहेको छ । आज मध्यरातदेखि सबै सरकारी खाता एक साताका लागि बन्द हुने छन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ओमप्रसाद रिजालले जानकारी दिएका हुन् ।

सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन् । संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक साताका लागि बन्द भएकाले भोलिसम्ममा चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने हुन्छ ।

 

 

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal