Skip to content
Prabhu

मनकामना स्मार्ट र समता घरेलु लघुवित्तको आजदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु हुने भएको छ । दुई लघुवित्त मर्ज भएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्थाले असार २४ गते (आज) देखि एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर–५ मा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–७ मा रहने छ ।

साथै, डाटा माइग्रेसनका लागि असार २३ गतेदेखि दुबै कम्पनीले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने कम्पनीले जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal