Skip to content
Prabhu

बिलबीजक नभएको १ करोड ८९ लाखको सामान बरामद

वीरगञ्ज । पर्सा प्रहरीले बिलबिजनक नभएको १ करोड ८९ लाख ५० हजार ६ सय २२ मूल्य बराबरका सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुईवटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुईवटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पु¥याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए ।

प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुईवटा ट्रकबाट सो समान बरामद गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal