Skip to content
Prabhu

असार ३० गतेदेखि साधना र सबैको लघुवित्तले एकीकृत कारोबार गर्ने

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट असार ३० गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त र तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले मर्जरका लागि गत असार १३ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै असार ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय तनहँुको बन्दीपुरमा रहनेछ । साथै डाटा माइग्रेसनका लागि असार २९ गते दुबै कम्पनीको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal