Skip to content
Prabhu

नेपाल एसबिआई बैंकले मनायो ३१ औं वार्षिकोत्सव, जिम्मेवार बन्ने कर्मचारीको प्रतिबद्धता

काठमाडौं । नेपाल एसबिआई बैंकले आइतबार आफ्नो ३१ औँ वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिका बारेमा प्रकाश पारे । साथै, उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिए ।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डाले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे ।

प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले सबै सरोकारवाला तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । साथै, बैंकले सो अवसरमा सबै शाखा तथा कार्यालयहरूबाट आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई मिठाई वितरण गरेको थियो ।

नेपाल एसबीआई बैंकले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक, जनकपुर र रामपुर पाल्पासहित १ सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ सय २१ एटिएम तथा १ कर्पोरेट अफिसबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal