Skip to content
Prabhu

प्रकाश बराल ज्योति विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौं । ज्योति विकास बैंकले रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश बराल बढुवा भएका छन् । साउन १ गतेदेखि लागु हुने गरी बरालाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको हो ।

आन्तरिक प्रतियोगिताबाट उनी सो पदमा पदोन्नति भएका हुन् । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव बोकेका नव–नियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिना देखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

त्यस्तै बैंकले सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको छ । उनको पदोन्नति पनि साउन १ गतेदेखि नै लागू हुने छ । थापासँग बैंकिङ क्षेत्रमा विगत १९ वर्षभन्दा बढी काम गरेको अनुभव र विशेषज्ञता रहेको छ ।

उनी विगत ७ वर्षदेखि यस विकास बैंकमा आबद्ध थिए । हाल उनले प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारीकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेका छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal