Skip to content
Prabhu

सेयर बजारमा साढे ४ अंकको गिरावट, कारोबार रकम साढे ४ अर्ब

काठमाडौं । सोमबार सेयर बजार परिसूचक साढे ४ अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज ४ दशमलव ६२ अंकले घटेको हो ।

सोमबारको कारोबार बन्द हुँदा परिसूचक २१३६ दशमलव ३५ विन्दुमा पुगेको छ । आज सेयर बजामार कारोबार भएका कम्पनीमध्ये १४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ९५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब भन्दा बढीको करोबार भएको बजारमा आज ४ अर्बभन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीका १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर ५९ हजार ९७४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७६ अंकले घटेर ३७७ दशमलव ४५ अंकमा पुगेको छ । आज १३ उपसमूहमध्ये ३ उपसमूहको सेयर मूल्य मात्रै बढेको छ । १० उपसमूहको सेयर मूल्य घटेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal