Skip to content
Prabhu

सेयर बजारमा धेरै गुमाउने ५ कम्पनीः दुई हाइड्रो, दुई डिभेन्च र एक लघुवित्त

काठमाडौं । सोमबार सेयर बजारमा धेरै मूल्य घट्ने कम्पनीमा दुई हाइड्रोपावर, दुई डिभेन्चर र एक लघुवित्त वित्तीय संस्था रहेको छ । आजको कारोबार बन्द हुँदा मैलुङ खोला जलविद्युत कम्पनी र अंकु खोला जलविद्युत कम्पनी तथा लक्ष्मी बैंक डिभेन्चर २०८६ र सिटिजन्स बैंक डिभेन्चर २०९० र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै घटेको हो ।

आज मैलुङ खोलाको सेयर मूल्य सबैभन्दा बढी ८.३९ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ५५ रुपैयाँ ५० पैसाले घटेर ६०६ रुपैयाँ पुगेको छ । त्यस्तै अंकु खोला जलविद्युतको सेयर मूल्य ४.२७ प्रतिशत अर्थात् १० रुपैयाँले घटेर २२४ रुपैयाँ पुगेको छ ।

त्यस्तै लक्ष्मी बैंक डिभेन्चरको सेयर मूल्य ३.९५ प्रतिशत अर्थात् ४३ रुपैयाँ १० पैसाले घटेर १ हजार ४६ रुपैयाँ ९० पैसा पुगेको छ । सिटिजन्स बैंक डिभेन्चरको सेयर मूल्य ३.९१ प्रतिशत अर्थात् ४२ रुपैयाँ ५० पैसा घटेर १ हजार ४५ रुपैयाँ पुगेको छ ।

आज धेरै मूल्य घट्ने कम्पनीको पाँचौँ नम्बरमा रहेको स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.९० प्रतिशत अर्थात् ५५ रुपैयाँ ९० पैसा घटेर १ हजार ३७७ रुपैयाँ १० पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal