Skip to content
Prabhu

लक्ष्मी सनराइज बैंकको ८२ लाख ९७ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले संस्थापक संस्थापक सेयरधनीको नाममा रहेको ८२ लाख ९७ हजार ५ सय ६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयरको खरिद बिक्री मूल्य भने खुलाएको छैन । सेयर खरिको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई बैंकको मुख्य कार्यालय हात्तीसार काठमाडौंमा आवेदन पेस गर्न सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा बैंकले कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal