Skip to content
Prabhu

सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालकमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सञ्चालकमा ज्ञवालीलाई नियुक्त गरेको हो ।

उक्त बैठकले आजैका मितिदेखि लागू हुने गरी ज्ञवालीलाई नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १ सय ९४ वटा शाखा, १ सय ५७ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकि एकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal