Skip to content
Prabhu

सुन तोलामा ९ सय र चाँदी ५ रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ९ सय र चाँदी ५ रुपैयाँले सस्तो भएको छ । अघिल्लो दिन पनि घटेको सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले घटेर १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३६८.०९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३०.९६ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal