Skip to content
Prabhu

प्रिओपन सेसनमा २.२६ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक २ अंकभन्दा बढीले बढेर बन्द भएको छ । आजको प्रिओपन सेसनको कारोबार हुँदा नेप्से परिसूचक २ दशमलव २६ अंकले बढेको हो ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार ४ दशमलव ६२ अंक घटेर २१३६ दशमलव ३५ विन्दुमा बन्द भएको नेप्से मंगलबारको प्रिओपन ससेनपछि २१३८ दशमलव ६१ विन्दुमा पुगेको छ । आजको प्रिओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने १ दशमलव १० अंक बढेको छ ।

मंगलबार प्रिओपन सेसनमा ५४ स्टकको ६४ पटकको कारोबारमा ९८ लाख ४ हजार ३६१ रुपैयाँबराबरको १६ हजार ४५० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal