Skip to content
Prabhu

दोहोरी साँझ, क्बल र बारलाई मनोरञ्जनात्मक कर बुझाउन महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले दोहोरी साँझ, क्लब तथा बारहरुलाई मनोरञ्जन कर तिर्नका लागि ३५ दिनको सयम दिएको छ । महानगरपालिकाको राजस्व विभागले एक सूचना जारी गरेर क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्नका लागि आग्रह गरेको हो ।

महानगरले ४४ वटा क्लब, दोहोरी तथा बारहरूलाई कर तिर्नका लागि ताकेता गरेको छ । विभागका अनुसार बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था छ ।

महानगरले ताकेता गर्दा पनि व्यवसायीहरूले अहिलेसम्म अटेर गर्दै आएका छन् । तोकिएको समयभित्र जरिवानासहित कर नबुझाए आर्थिक ऐन २०५० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

यी मनोरञ्जन स्थलमा प्रवेश गर्ने प्रतिटिकट ५ प्रतिशत मनोरञ्जन कर लाग्ने व्यवस्था रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal