Skip to content
Prabhu

५ सय ८४ वटा म्यानपावर कम्पनीलार्ई कारबाही, कारोबार रोक्का

काठमाडौं । वैदेशिक रोजगार विभागले ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले कानुनविपरीत कार्य गर्ने ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कुनै पनि कारोबार गर्न नपाउने गरी कारबाही गरेको हो ।

कारबाहीमा परेका म्यानपावर कम्पनीको कारोवार रोक्का गरिएको छ । म्यानपावरको कारोबार फुकुवा नभएसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन् । विभागले वैदेशिक रोजगारमा पठाउने श्रमिकसँग रकम बढी लिएको, अलपत्र परेका श्रमिकलाई उद्धार नगरेको, पीडितलाई रकम फिर्ता नगरेको भन्दै कारोबार रोक्का गरेको जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal