Skip to content
Prabhu

‘सरकार सदनप्रति उत्तरदायी नहुनु दुःखद’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा उनले देशभर बाढीपहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन, ६ जना बेपत्ता र ८६ घाइते भएका तथा अर्बौंको क्षति भएको बताए ।

सांसद लेखकले बाढीपहिरो र डुबानबाट भएको क्षतिका बारे पत्रपत्रिका पढेर सदनमा सुनाउनुपरेको उल्लेख गर्दै सरकारले यस सम्बन्धमा स्पष्ट पार्न नसक्नु दुःखद भएको बताए। उनले भने, ‘सरकारले विश्वासको मत लिने तयारी गरिरहेको छ । यसमा सरकारले ३० दिन पूरै लिओस् कुनै आपत्ति छैन् तर सरकार हुँदासम्म सदनप्रति उत्तरदायी हुनुपर्यो ।’

सांसद लेखकले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाका काममा लाग्न आग्रह गरे । उनले कञ्चनपुरलगायत जिल्लामा बाढीपहिरो र डुबानबाट प्रभावित जनता घरबाहिर बस्नुपरेको बताउँदै तत्काल सहयोग गर्न सरकारको ध्यनाकर्षण गराए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal