Skip to content
Prabhu

धितोपत्र बोर्डको अध्यक्षको कुर्सीले नेता किन्दा सरकार ढल्योः सांसद कार्चेन

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रक्रियाले सरकार ढलेको सत्ता पक्षका सांसदले आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभामा बोल्दै माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले नेपाल धितोपत्र बोर्डको कुर्सीले गर्दा सरकार ढलेको बताएका हुन् ।

‘बजारमा चर्चा छ, धितोपत्र बोर्डको कुर्सीले नेता किन्यो सरकार ढाल्यो रे । कुर्सी कस्तो खोले हो ? दल किन्ने, नेता किन्ने ? अनि सरकारै ढाल्ने,’ उनले भने । कार्चेनले विभिन्न काण्डको छानबिनलाई रोक्न काम गठबन्धनबाट नहोस् भन्दै आग्रह समेत गरे । ‘यही असार १५ गतेको दहीच्यूरा खाएपछि आशन र भाषण फेर्दै कसैद्धारा बनाइएको गठबन्धन अब दहीच्युरे नबनोस् । विभिन्न काण्डलाई रोक्न गठबन्धन तटबन्धन नबनोस्,’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal