Skip to content
Prabhu

मंगलबार नेप्से १५.७९ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ५३ करोड

काठमाडौं । सेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १५.७९ अंकले बढेर परिसूचक २१५२.१४ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक बढेको छ।

आज ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २ सय ८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ कारोबार भएको छ । आज १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ र १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १९ करोड ७७ लाख ७५ हजार ९ सय ३१ रुपैयाँ १० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ सय ३५ रुपैयाँ रहेको छ ।

साथै, आज २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथको सेयर ५.४७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal