Skip to content
Prabhu

बैंक र व्यवसायीका लागि सन्जिवनी बुटी भएको मौद्रिक नीतिको अपेक्षा छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी मौद्रिक नीतिबाट निजी क्षेत्रले सन्जिवनी बुटी खोजेको बताएका छन् । महासंघमा आयोजित मौद्रिक नीतिसम्बन्धी छ्लफलमा अध्यक्ष ढकालले आगामी मौद्रिक नीतिमा सन्जिवनी बुटी आउनुपर्ने बताएका हुन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी उपस्थित कार्यक्रममा अध्यक्ष ढकालले बैंक र व्यवसायी दुबै जोगाउने गरी सन्जिवनी बुटी समेटिएको मौद्रिक नीति आउनुपर्ने बताएका हुन् । ‘अहिले बैंकहरुलाई पनि बचाउनुपर्ने समय हो । एनपीए वृद्धि भएको छ । व्यापार नभएकाले व्यवसायीहरुले ऋणको सावाँ ब्याज तिर्न नसकिरहेको अवस्था छ,’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal