Skip to content
Prabhu

बुधबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला मूल्य १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बुधबार चाँदी १५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३६७ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ८ पैसामा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal