Skip to content
Prabhu

आज नेप्से २३.२५ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ७४ करोड

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.२५ अंकले बढेर परिसूचक २१७५.४० को बिन्दुमा पुगेर बजार बन्द भएको छ । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६७ अंक बढेको छ।

आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३ सय ९१ रुपैयाँ कारोबार भएको छ ।

आज १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ कम्पनीको सेयर मूल्य घटेको छ र ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १५ करोड ८ लाख ९९ हजार ८ सय ५९ रुपैयाँ ४० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ सय २३ रुपैयाँ ५० पैसा पुगेको छ ।

साथै, आज बलेपी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ९.९९ प्रतिशत अथवा प्रतिकित्ता ३ सय ८३ रुपैयाँ २० रहेको छ भने बुद्धभूमि हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal