Skip to content
Prabhu

सहकारी र पासपोर्ट प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्नुपर्छः मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछानेमाथि सहकारी ठगी र पासपोर्ट प्रकरणमा छानबिन गर्नुपर्ने बताएका छन्।

सभापति लामिछानेप्रति निकै असन्तुष्ट देखिएका उनले भने, यसमा रास्वपाको धारणा के छ ? पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ । पार्टीले कारवाही गरेपछि बुधबार उनले पत्रकार सम्मेलन गरेर आफ्ना धारणाहरु राखेका हुन् ।

रवि लामिछानेको क्लबबाट आफू बाहिरिए पनि रास्वपामै रहेको उनको भनाइ थियो । आगामी दिनमा आफू पुनः देश दौडाहामा निष्किने उनले बताए । जनताबाट आउने सुझावहरु अनुसार आफू अघि बढ्ने पनि उनले बताए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal