Skip to content
Prabhu

टीभीएस एनटर्क ‘बुमन इन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता प्रजिना गुरुङ घोषित

काठमाडौं । निर्भया फाउण्डेसनद्वारा आयोजितटीभीएस एनटर्क ‘बुमन इन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’को विजेता घोषणा भएको छ । ‘वुमनइन कन्सर्ट’ अत्याधिक रुचाइएको कार्यक्रम हो जहाँ महिला गायिका तथा संगीतकारहरुलाई सशक्त बनाइन्छ । यो वर्ष प्रजिना गुरुङले शीर्ष उपाधिहात पारेकी छन् । उनले टीभीएस एनटर्क १२५ सँगै नगद १ लाख रुपैयाँ जितेकी छन् भने निर्भया फाउण्डेसनको वुमन इन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् ।

त्यसैगरी उक्त प्रतियोगितामा रिदम राईले दोस्रो स्थान प्राप्त गरेका छन् भने सुजिता डङ्गोल तेस्रो भएकी छन् ।वुमनइन कन्सर्ट २०२४ को शीर्ष प्रायोजक र मुख्य लगानीकर्ताको रूपमा रहेको टीभीएस एनटर्कले उदियमान महिला कलाकारहरूलाई प्रबर्द्धन गर्ने, उनीहरुलाई प्लेट फर्म प्रदान गर्ने समर्थन गर्न प्रतिबद्ध छ । टीभीएस र वुमनईन कन्सर्टको यो सहकार्यले कम्पनीको संगीतमा महिलाहरूका लागि सुरक्षित ठाउँ र समान अवसरहरू सिर्जना गर्न प्रतिबद्धतालाई जोड दिएको छ ।

रक ब्यान्ड अभया र स्टीम इन्जिनका प्रख्यात गायिका तथा गीतकार अभया सुब्बाद्वारा स्थापना गरिएको वुमन इन कन्सट, सन् २००३ मा स्थापना भएदेखि नै महिला संगीतकारहरूको लागिकामगर्दै आएको छ । काठमाडौं वल्र्ड स्कुलमा आयोजित यस वर्षको कार्यक्रममा १,००० भन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिता थियो, सबैले संगीतको माध्यमबाट महिला सशक्तीकरणको भावना मनाउन एकसाथ आएका थिए ।

यो ट्यालेन्ट हन्टको दोस्रो संस्करण हो जहाँ महिला संगीतकार तथा गायिकाहरुलाई तीन महिनाको बृहत् प्रशिक्षण दिँदै उनीहरुलाई संगीत उद्योगमा फस्टाउन आवश्यक सीप र आत्मविश्वास प्रदान गरिन्छ । टीभीएसले महिला सशक्तीकरणका पहलहरूलाई सधैं समर्थन गर्दै आएको छ र भविष्यमा पनि यस्ता पहलहरूलाई समर्थन गर्न तत्पर छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal