Skip to content
Prabhu

५८४ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का

काठमाडौं । वैदेशिक रोजगार विभागले ५ सय ८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । उक्त विभागले एक सूचना प्रकाशित गर्दै ती म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको हो । यसरी रोक्का गरिएका कम्पनीले रोक्का तथा फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन पाउँदैनन् ।

कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरेको विभागका निर्देशक एवं प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।

उनले भने, ‘कारोबार रोक्का गरिएका कम्पनीबाट युुवा ठगिन नपरोस् भनेर नै यो सूचनामार्फत सचेत गराएका हौँ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal