Skip to content
Prabhu

सिटिजन्स बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच छुट सम्झौता भएको छ ।

काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेजमा सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशभर फैलिएका १ सय ९४ शाखा कार्यालय, १ सय ५७ वटा एटिएम, तीन विस्तार काउन्टर र ९८ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal