Skip to content
Prabhu

आरबीबी सेक्युरिटिज कम्पनीको व्यावसायिक कारोबार सुरु

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार (ब्रोकर) बुधबारबाट सञ्चालनमा आएको छ ।

सीमित कार्य गर्ने धितोपत्र दलालको रूपमा नेपाल धितोपत्र बोर्डबाट २०८० साउन ३२ गते स्वीकृति प्राप्त गरेको आरविवी सेक्युरिटिज कम्पनी लिमिटेडले २०८१ माघ ३ गते मा नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको थियो ।

धितोपत्र दलालको रूपमा ग्राहकहरूलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरू प्रदान गर्ने लक्ष्य राखेका आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडको कुल चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी सिडिएस एण्ड क्लियरिङ लिमिटेबाट २०८१ माघ २३ मा राफसाफ सदस्यता समेत प्राप्त गरिसकेको छ । ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारसहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।

उक्त कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरूलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामक निकायवाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजारसम्बन्धी सेवाहरू प्रदान गर्ने छ ।

दरवारमार्ग, काठमाडौँमा रहेको कार्यालयबाट कम्पनीले हाल आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal