Skip to content
Prabhu

नेप्से परिसूचक २९.२१ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब ८ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.२१ अंकले बढेर परिसूचक २२०४.६१ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०७ अंक बढेको छ।

आज ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १ सय ४६ रुपैयाँ कारोबार भएको छ ।

आज १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ र १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १५ करोड २५ लाख ८१ हजार ५ रुपैयाँ ६० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार १ सय ४२ रुपैयाँ पुगेको छ ।

साथै, आज २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ४.५९ प्रतिशतले घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal