Skip to content

जनतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरणः एमाले

nabil bank
प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद भट्टराई काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रस्ताव राखेपछि पार्टीगत धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेश भट्टराई । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले मुलुकलाई सधैं प्रयोगशाला बनाउने खेलको अन्त्यगरी जनतामा आशाको सञ्चार जागृत गर्नका लागि नयाँ सत्तासमीकरण गरिएको स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत विश्वासको मतमाथिको छलफलमा आफ्नो दलका तर्फबाट भाग लिँदै उनले मुलुकमा ठूला दलको अग्रसरतामै गणतन्त्रको स्थापना र संविधान निर्माण भएकाले जनता निरासामा रहेका बेला फेरि दुई ठूला दल मिलेर राष्ट्रिय विकास र सहमतिको यात्रा आरम्भ गरिएको बताए ।

प्रधानमन्त्री दाहालको विश्वासको मतका विपक्षमा एमालेले मत दिने जनाउँदै उनले अब बलियो, प्रभावकारी सरकारमार्फत विकासको गतिलाई तीव्रता र अग्रगमनका लागि संविधान संशोधनका कार्यसूचीका आधारमा नयाँ बन्ने सरकारले काम गर्ने बताए।

नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लगायत दलको सहभागिता र योगदान रहेको स्थितिमा माओवादीको मात्रै योगदान थियो भनिनु गलत हुने तर्क नेता भट्टराईको थियो । उनले संविधान संशोधनका लागि माओवादी केन्द्रलाई पनि सँगै लिएर जाने कांग्रेस र एमालेको सोच रहेको अवगत गराए ।

प्रधानमन्त्री दाहालले सदनमा प्रस्ताव प्रस्तुत गर्ने क्रममा आक्रोश र झूठ व्यक्त गरेको आरोप लगाउँदै सांसद भट्टराईले जननेता मदनकुमार भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’को जगमा अहिलेको संविधान र सार्वभौम संसद् सञ्चालित भइरहेको बताए। एमाले वामपन्थी दलको सहकार्य र एकताका पक्षमा रहे पनि माओवादी केन्द्र समय अनुकूल गठबन्धन बनाउने र भत्काउने खेलमा लागेको उनले टिप्पणी गरे ।

कतिपटक विश्वास र अविश्वासको प्रस्तावमा छलफल गर्ने ? भन्ने प्रश्न गर्दै उनले संविधानको कार्यान्वयन, लोकतन्त्रलाई सुदृढीकरणसहित नेपालको अन्तर्राष्ट्रिय छवि र अर्थतन्त्रलाई उकासेर युवाको भविष्यलाई मुलुकभित्र सुनिश्चित गर्नेलगायतका प्राथमिकताका आधारमा दुई ठूला दलबीचको नयाँ समीकरण बनेको स्पष्ट गरे । एमाले नेता एवं सांसद भट्टराईले प्रधानमन्त्रीका आक्रोशपूर्ण अभिव्यक्तिको जवाफ पछिसम्म उनले दिइरहनुपर्ने जिकिर गर्दै तीनतीन पटक मुलुकको प्रधानमन्त्री हुँदा यिनै ठूला दलको साथ रहेको स्मरण गराए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime