मस्को । रुसी यात्रुवाहक विमान शुक्रबार मस्को नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ ।
रुसी आपतकालीन मन्त्रालयका अनुसार विमानमा चालक दलका सदस्य मात्रै सवार थिए ।
मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै भनेको छ, “सुखोई सुपरजेट जंगलमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार तीनै जना चालक दलका सदस्यको मृत्यु भएको विश्वास गरिएको छ।”
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार मर्मत कार्यपछि परीक्षण उडानका क्रममा विमान दुर्घटनाग्रस्त भएको हो ।
रुसले केही समयदेखि पश्चिमी देशहरूले बनाएका विमानहरू प्रतिस्थापन गर्न स्वदेशी विमान सुखोई सुपरजेट विकास गर्दै आएको छ ।
सन् २०२२ मा युक्रेनमा भएको आक्रमणपछि रुसले ठूलो प्रतिबन्धको सामना गर्नु परेको छ । रसियाले पश्चिमी देशहरूले लगाएको प्रतिबन्धका कारण आफ्नो पुरानो विमान फ्लीट बदल्न संघर्ष गरिरहेको छ। ऐजेन्सी






प्रतिक्रिया दिनुहोस्