Skip to content
Prabhu

एउटा यस्तो विकसित देश जहाँ हरेक पाँच मिनेटमा कार चोरी हुन्छ

बीबीसी । सन्  २०२२ अक्टोबरको एक बिहान लोगन लाफरनियर उठ्दा उनले सधै आफ्नो कार पार्क गर्ने ठाउँमा कार देखेनन् । त्यो ठाउँ खाली थियो । अर्थात् उनको नयाँ गाडी हराएको थियो । लोगनको घर क्यानाडामा ओन्टारियोको मिल्टन शहरमा छ । जब उनले सिसिटिभी हेरें, तब उनले मध्यरातमा हुडी लगाएका दुई जनाले पिकअपमा पसेर गाडी सजिलै लिएर गएको पाए । केही महिनापछि, उनको गाडी घानामा बिक्रीका लागि उपलब्ध भएको वेबसाइटमा देखियो । घाना लोगनको घरबाट समुन्द्रपार अर्थात् करिब आठ हजार पाँच सय किलोमिटर टाढा छ । लोगनलाई पूरा विश्वास थियो कि यो गाडी उनकै हो ।
उनले बीबीसीलाई भने, “ड्राइभर सिटको पछाडि हामीले एउटा ल्यापटप होल्डर हाम्रो छोराको लागि राखेका थियौँ, त्यसमा भएको फोहोर छोराले नै त्यहाँ हालेको थियो । जस्तो अस्तव्यस्त चीजहरू मेरी गाडीमा थिए, त्यो वेबसाइटमा लिस्ट गरिएको गाडीको तस्वीरमा पनि देखिन्थ्यो । यसमा कुनै शंका छैन कि त्यो मेरी नै गाडी हो ।”
हरेक पाँच मिनेटमा कार चोरी
लोगन लाफरनियरको यो कथा कुनै एक्लो भने होयन । सन् २०२२ मा क्यानाडामा एक लाख पाँच हजार कार चोरी भए । यसको अर्थ हो कि हरेक पाँच मिनेटमा एक कार चोरी भइरहेको छ । पीडितहरूमा क्यानाडाका संघीय न्याय मन्त्री समेत छन् । उनको सरकारको गाडी टोयोटा हाइल्यान्डर एक्सएलईलाई चोरहरूले दुई पटक चोरी गरे ।
केही महिना पहिले नै इन्टरपोलले एउटा सूची जारी गरेको थियो । यस सूचीमा एक सय ३७ देशहरू थिए । जसलाई कार चोरीको मामलामा सबैभन्दा खराब मानिन्छ । यस सूचीमा क्यानाडा शीर्ष १० देशमा सामेल छ । इन्टरपोलका एक प्रवक्ताका अनुसार, यो उल्लेखनीय छ किनभने क्यानाडाले फेब्रुअरीमा मात्र कार चोरीको तथ्यांक इन्टरपोलसँग साझा गर्न थालेको हो । अधिकारीका अनुसार जब यी कारहरू चोरी हुन्छन्, तिनीहरूको प्रयोग हिंसात्मक अपराधहरूका लागि प्रयोग गरिन्छ वा क्यानाडामा नै अन्य व्यक्तिहरूलाई बेचिन्छ वा यी कारहरू अन्य देशहरूमा पठाइन्छ । इन्टरपोलका अनुसार फेब्रुअरीदेखि अहिलेसम्म विश्वभरमा एक हजार पाँच सयभन्दा बढी कारहरूको पत्ता लगाएको छ । जुन क्यानाडाबाट चोरिएका छन् । साथै करिब दुई सय कारहरूको पहिचान हरेक हप्ता अन्य देशहरूको बन्दरगाहहरूमा गरिन्छ ।
राष्ट्रिय संकट
कार चोरी एक यस्तो महामारी हो कि यसलाई इन्स्योरेन्स ब्यूरो अफ क्यानाडाले राष्ट्रिय संकट घोषित गरेको छ । यस संस्थाका अनुसार, बीमा कम्पनीहरूले गएको वर्ष गाडीहरूको चोरीको दाबीमा एक अर्ब अमेरिकी डलरभन्दा बढी भुक्तानी गर्नुपरेको छ । यो क्यानाडाको लागि यस्तो समस्या बनेको छ कि देशभरका पुलिस अधिकारीहरूले गाडीहरूलाई चोरीबाट जोगाउने तरिकामा सार्वजनिक बुलेटिन जारी गरेका छन् । यसबीच, क्यानाडाका केही व्यक्तिहरू आफैं नै आफ्नो कारको सुरक्षा उपायहरू गर्दैछन् । उनीहरू आफ्ना कारहरूमा ट्र्याकर लगाउनेदेखि निजी सुरक्षाकर्मी राख्नेसम्म सबै कुरा गर्दैछन् । जो केही व्यक्तिहरू सक्षम छन्, उनीहरूले त चोरहरूलाई रोक्न ‘रिट्रैक्टेबल बोलार्ड’ को प्रयोग गर्न थालेका छन् ।
क्यानाडाको मिसिसागा शहरमा बस्ने नौमान खानले बोलार्ड इन्स्टल गर्ने व्यवसाय तब सुरु गरे जब उनी र उनका भाई दुवै कार चोरीको शिकार भए । खानले भने कि एक पटक जब चोर उनीहरूको घरमा पसे, उनकी पत्नी र सानो बच्चा सुतिरहेका थिए । उनी भन्छन् कि चोर घरको बाहिर खडा मर्सिडीज जीएलईको चाबीहरू खोजिरहेका थिए । तर जब खानले ती चोरहरूलाई रोक्ने प्रयास गरे, उनीहरू भागे । यो समस्यापछि खानले आफ्नो सबै गाडीहरू बेचिदिए । अब केवल दुई ‘साधारण’ गाडीहरू मात्र उनका छन् ।
खान अहिले आफ्नो व्यवसायमार्फत चोरीका यस्ता कथा अरूबाट सुन्दैछन् । उनी भन्छन्, “हाम्रोसँग यस्ता ग्राहकहरू थिए, जसको गलीमा धेरै पटक चोरीको प्रयासहरू भएका थिए कि उनीहरूले हरेक दिन आफ्ना घरको बाहिर एक सुरक्षाकर्मी राखेका थिए, किनभने उनीहरू सुरक्षित महसुस गर्दैनथे ।”
कारहरूको चोरीको बन्दरगाहसँग ‘कनेक्शन’
यूएस ब्यूरो अफ जस्टिस स्टाटिस्टिक्सका निर्देशक एलेक्सिस पिकेरोका अनुसार क्यानाडामा यस स्तरमा कारहरूको चोरी हुनु आश्चर्यजनक छ । किनभने यस प्रकारका अपराध जहाँ बढी हुन्छ, जस्तै अमेरिका र बेलायत, तीहरूको तुलनामा क्यानाडाको जनसंख्या धेरै कम छ । उनी भन्छन् कि क्यानाडामा त्यति धेरै बन्दरगाह शहरहरू पनि छैनन् जति अमेरिका छ ।
कोभिड महामारीपछि अमेरिका, क्यानाडा र बेलायतमा कार चोरीको घटनाहरूमा वृद्धि देखिएको छ । यी देशहरूबाट प्राप्त नयाँ तथ्यांकहरू अनुसार, क्यानाडामा चोरीको दर प्रति एक लाख व्यक्तिमा २६२.५ छ, जो इंग्ल्याण्ड र वेल्सको तुलनामा बढी छ । जहाँ यो तथ्यांक हरेक एक लाख २२० हो । अमेरिका २०२२ का तथ्यांकहरू अनुसार, हरेक एक  लाख व्यक्तिमा तीन सय  गाडीहरू चोरी भएका छन् ।
हालका वर्षहरूमा कार चोरीका तथ्यांकहरूमा यो जो वृद्धि देखिएको छ, त्यो वैश्विक स्तरमा कारहरूको कमीको कारण हो । फिलहाल प्रयोग गरिएका र नयाँ दुवै प्रकारका गाडीहरूको माग बढेको छ । क्यानाडियन अटोमोबाइल एसोसिएसनका निर्देशक इलियट सिल्वरस्टीनका अनुसार, अन्तर्राष्ट्रिय स्तरमा केही कार मोडेलहरूको बजार पनि बढिरहेको छ ।
यसले संगठित अपराध समूहहरूको लागि गाडीहरूको चोरी आम्दानीको मुख्य स्रोत बनाएको छ । सिल्वरस्टीन भन्छन् कि जसरी क्यानाडामा बन्दरगाहहरू संचालित गरिन्छ, त्यसले अन्य देशहरूको तुलनामा यहाँ कार चोरीको सम्भावना बढाउँछ। उनी भन्छन्, “बन्दरगाहहरूमा देशबाट बाहिर जाने चीजहरूको तुलनामा देशमा आउने चीजहरूमा बढी ध्यान दिइन्छ ।” उनी भन्छन् कि एक पटक गाडीहरूलाई बन्दरगाहमा शिपिङ कन्टेनरहरूमा भरिएको हुन्छ, त्यसपछि तिनीहरूसम्म पुग्न गाह्रो हुन्छ । यद्यपि, चोरीका केही कारहरू बरामद गर्न पुलिस सफल भएको छ ।
चोरी भएका केही कारहरू मात्र बरामद हुन्छन्
गत वर्ष अक्टोबरमा, टोरन्टो पुलिसले ११ महिना चलेको एउटा अनुसन्धानको बारेमा बताएको थियो, जसमा ६० मिलियन क्यानाडियन डलरको मूल्यका एक हजार ८० गाडीहरू बरामद गरिएको थियो । यस मामिलामा ५५० व्यक्तिहरूलाई आरोप लगाइएको थियो । साथै, डिसेम्बरको मध्यदेखि मार्चको अन्त्यसम्म, बोर्डर र पुलिस अधिकारीहरूले मोन्ट्रियल बन्दरगाहमा ४०० शिपिङ कन्टेनरहरूको जाँच गरेका थिए, जसमा चोरी गरिएका ६०० गाडीहरू बरामद भएका थिए ।
यद्यपि, विशेषज्ञहरूले भनेका छन् कि यस प्रकारको अभियान सञ्चालन गर्नु गाह्रो हुन सक्छ किनभने बन्दरगाहबाट सामानको आवागमन धेरै हुन्छ । केवल २०२३ मा मात्रै मोन्ट्रियल बन्दरगाहबाट लगभग १७ लाख कन्टेनरहरूको आवागमन भएको छ ।
धेरैजसो मामिलामा बन्दरगाह कर्मचारीहरूलाई कन्टेनरहरूको निरीक्षण गर्ने अधिकार हुँदैन। कस्टम–कन्ट्रोल क्षेत्रहरूमा मात्र बोर्ड अफिसरले वॉरंट बिना कन्टेनरहरू खोल्न सक्छ। यी सबैबीच, अप्रिलमा क्यानाडा सरकारले एउटा रिपोर्ट प्राप्त गरेको थियो, जसमा भनिएको थियो कि क्यानाडा बोर्डर सर्विसेज एजेन्सी (सीबीएसए) लगातार कम कर्मचारीहरूको समस्यामा रहेको छ ।
पुरानो प्रविधि पनि एउटा समस्या हो
कार चोरीबाट चिन्तित  एक अन्य शहर ब्रम्प्टनका मेयर प्याट्रिक ब्राउनले हालै अमेरिका र क्यानाडाबीच निरीक्षण प्रणालीको तुलना गरेका थिए । प्याट्रिकले न्यू जर्सीमा पोर्ट नेवार्क कन्टेनर टर्मिनलको भ्रमण गरेका थिए । त्यसपछि उनले नेशनल पोस्ट अखबारलाई भनेका थिए कि अमेरिकी अधिकारीहरूसँग स्क्यानर हुन्छ । उनीहरू घनत्व मापन गर्छन् र नियम–कानून बनाउनेहरूसँग मिलेर काम गर्छन् । उनी भन्छन्, “यी सबै चीजहरू हामी क्यानाडामा गरिरहेका छैनौ ।”
मेमा क्यानाडाको सरकारले भनेको थियो कि शिपिङ कन्टेनरहरूको तलाशीका लागि सीबीएसएको क्षमता बढाइनेछ । पुलिसलाई पनि गाडीहरूको चोरीसँग निपट्नका लागि अतिरिक्त पैसा दिइनेछ । तर सिल्वरस्टीनको मान्यता छ कि कार चोरीको यो मामला कार बनाउने कम्पनीहरूसँग पनि सम्बन्धित छ । उनी भन्छन्, “सबैले चोरी भएको कारको रिकभरीको कुरा गरिरहेका छन् तर मेरो ध्यान यसमा छ कि हामी गाडीहरूलाई यस्तो किन बनाइरहेका छैनौं कि तिनीहरूलाई चोरी गर्न गाह्रो होस् ।”
कार मालिकहरूको समस्याहरू कायम छन्
यसबीच, लाफरनियर जस्ता कार मालिकहरू अझै पनि यस उल्झनमा छन् कि आफ्नो गाडीहरूको सुरक्षाका लागि आखिर उनीहरू के गर्न सक्छन् । जब उनको रैम रेबेल ट्रक चोरी भयो, त्यसपछि उनले टोयोटा टन्ड्रा किने । यस पटक उनले चोरहरूलाई कार सजिलै स्टार्ट गर्नबाट रोक्नका लागि आफ्नो गाडीमा इन्जिन इम्मोबिलाइजर लगाए ।
चोरी हुने स्थितिमा यसमा ट्याग ट्र्याकर पनि लगाए र अधिक सुरक्षाका लागि स्टीयरिङ ह्वीलमा एउटा क्लब पनि लगाए ।  तर त्यसपछि पनि उनी चोरहरूलाई रोक्न सकेनन् । दुई चोर फेरि लाफरनियरको नयाँ गाडी चोर्न आए । यस पटक उनीहरूलाई अलिकति गाह्रो भयो तर उनीहरूले पछाडिको सिसा तोडे र भित्र पसे । शोरगुलको कारण लाफरनियरको निद्रा खुल्यो र उनले ९११ मा फोन गरे । तर पुलिसको पुग्नुअघि नै चोर भाग्न सफल भए । यसपछि लाफरनियरले आफ्नो नयाँ गाडीको मर्मतको खर्च उठाए र फेरि बेचिदिए । यस सम्पूर्ण घटनालाई उनी ‘दिल टुट्नेजस्तो’ बताउँछन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal