Skip to content
Prabhu

धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दैवी विपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै ६० जना यात्री बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।

बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारीलाई व्यवस्थित तुल्याउन, उद्धार र रातहका निम्ति सहकार्य र समन्वय गर्न सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal