Skip to content
Prabhu

कोशी प्रदेशमा ६१ प्रतिशत रोपाइँ

विराटनगर । कोशी प्रदेशमा आजसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव ९ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालयले दिएको जानकारीअनुसार कोशी प्रदेशमा ८ लाख २६ हजार छ सय ४६ हेक्टर खेतीयोग्य जमिनमा दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७२ हेक्टर जग्गामा धानखेती हुने गरेको छ ।

मनसुनको सक्रियतासँगै अहिलेसम्म एक लाख ७० हजार चार सय ५० दशमलव ४२ हेक्टर जग्गामा धान रोपाइँ भएको मन्त्रालयका अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेशको उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ४४ दशमलव २५ प्रतिशत, मध्यपहाडी क्षेत्र इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुरमा ५६ दशमलव ६६ प्रतिशत तथा तराईका सुनसरी, मोरङ र झापामा ६४ दशमलव ८१ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal