Skip to content
Prabhu

मुकेश अम्बानीको कान्छा छोराको विवाहमा १ खर्ब खर्च

मुम्बई । भारतीय अर्बपति मुकेश अम्बानीको कान्छा छोरा अनन्त अम्बानी राधिका मर्चेन्टको विवाहमा नेपाली करिब १ खर्ब जति खर्च भएको अनुमान गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले फरक फरक खाले आकडा दिएका छन् । कतिपयले १२ देखि १५ अर्ब भारतीय रुपैयाँ खर्च भएको अनुमान गरेका छन् ।

अनन्त र राधिकाको विवाह सम्पूर्ण प्रक्रिया सकिने बेलासम्म ५० अर्बभन्दा बढी भारतीय रुपैयाँ खर्च हुने अनुमान विभिन्न विश्लेषकको छ ।

भारतीय अर्बपति र १०० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्तिका मालिक रहेका मुकेशले औसत भारतीय परिवारको भन्दा सम्पत्तिको तुलनामा कम खर्च भएको टिप्पणी वित्तीय विश्लेषकहरुको छ । सम्पत्तिको तुलनामा मुकेशले आफ्नो छोराको विवाहमा आफ्नो सम्पत्तिको ०.५ प्रतिशतमात्र खर्च गरेका छन् ।

जुन भारतीय मध्यमवर्गका परिवारका व्यक्तिले आफ्नो सम्पत्तिको तुलनामा गर्नेभन्दा कम खर्च हो । यद्यपी खर्चको रकमले भने यो निकै ठूलो र भव्य विवाह भड्किलो विवाहको रुपमा रहेको छ । ६ महिनाभन्दा बढी समयसम्म विवाहका विभिन्न समारोहरु चलेका थिए ।

एनसी फाइनान्सियल एडभाइजरी सर्भिसका संस्थापक नितिन चौधरीले अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा परिवारको सम्पत्तिको तुलनामा कम खर्च भएको टिप्पणी छ ।

अनन्त र राधिकाको विवाहमा सहभागी हुन विश्वका धेरै सेलिब्रेटी तथा राजनीतिक दलका नेताहरु पुगेका थिए । नेपालबाट अर्बपति बिनोद चौधरीका परिवारका सदस्य पनि सहभागी भएका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal