Skip to content

अम्बानीदेखि ऋणमा डुबेका बुबासम्म, भारतीयहरु विवाहमा किन यति धेरै खर्च गर्छन् ?

nabil bank
बीबीसी । पछिल्ला केही दिनदेखि भारतमा एउटा विवाह र त्यससँग सम्बन्धित कार्यक्रमहरु निकै चर्चामा छन् । यो विवाह भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह हो । यस विवाहसँग जोडिएका हरेक साना–ठूला जानकारीले मिडिया आउटलेट्स र सामाजिक मिडिया प्लेटफर्महरू भरिएका छन् ।
यस विवाहमा सहभागी हुने चर्चित व्यक्तित्वहरू र उनीहरूको डिजाइनर कपडा र स्टाइलिश लुकको पनि चर्चा भइरहेको छ । बलिउडका स्टार, भारतीय क्रिकेट टोलीका ठूला स्टार, शीर्ष उद्योगपति, धेरै देशका प्रमुख नेताका  साथै पप आइकन जस्टिन बिबर जस्ता व्यक्तित्वहरू मुम्बईमा छन् ।
धेरै महिनादेखि चलिरहेको छ आयोजना
जुलाई १२ मा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह भयो । तर विवाहलाई लिएर धेरै आयोजना पछिल्ला केही महिनादेखि चलिरहेका छन् । जसमा हुने खर्चलाई लिएर पनि धेरै अनुमान लगाइएका छन् । मिडिया रिपोर्टसअनुसार यस आयोजनामा केही हजार करोड भारतीय रुपैयाँ खर्च भइरहेको छ । वास्तवमा, भारतमा विवाहलाई ‘पारिवारिक उत्सव’का रुपमा लिइन्छ । यसमा परम्पराहरू पनि छन् र भारी खर्च हुने विषय प्रत्येक घरको कथा पनि हो ।
भारतीय परिवारहरु विवाहका माध्यमबाट सम्पत्ति, प्रतिष्ठा र साख समाजलाई देखाउन प्रयास गर्छन् । यहाँसम्म कि देखावटीका लागि परिवार ऋण लिएर पनि ठूलो रकम जुटाउँछन् ।
हिन्दु परिवारको विवाहमा संगीत र हल्दी जस्ता विवाहका रीतिरिवाज ठूलो धूमधामका साथ मनाइन्छन् । त्यस्तै मुस्लिम परिवारमा हुने विवाहमा ‘मेहँदी’, ‘निकाह’ र ‘वलीमा’ जस्ता रीतिरिवाजहरू समावेश छन् । इसाई विवाहमा सगाई, विवाह र रिसेप्शन समारोह समावेश हुन्छन् । अर्थात् केवल अम्बानीको घरको विवाह मात्र नभएर भारतीय समाजमा हरेक विवाहलाई शानको प्रतीक मानिन्छ ।
हरेक परिवार आफ्नो क्षमताअनुसार विवाह समारोहको योजना बनाउँछ, प्रयास यही हुन्छ कि आयोजना भव्य र सम्झनलायक देखियोस् । हरेक परिवार आफ्ना साथी, आफन्त र सामाजिक दायरामा आफ्नो हैसियत देखाउनका लागि पनि बढी खर्च गर्नमा चासो देखाउँछ ।
अर्बौ डलरको विवाह बजार
बैंकिङ लगानी र पुँजी बजार फर्म जेफ्रिजका अनुसार भारतमा विवाहमा हुने ठूलो खर्चको आकार १०.७ लाख करोड भारतीय रुपैयाँ बराबरको छ । उसले आफ्नो रिपोर्टमा भारतीयहरु शिक्षामा भन्दा विवाहमा दोब्बर खर्च गर्छन् । भारतमा विवाहको बजार खाद्य र किराना बजारपछि दोस्रो सबैभन्दा ठूलो बजार हो ।
यद्यपि यस्तो होइन कि विवाहमा केवल भारतीय मात्र खर्च गर्छन् । अरु देशमा पनि यस्तो चलन छ । भारतमा विवाहको बजार अमेरिका (५.८ लाख करोड) भन्दा लगभग दोब्बर छ । यद्यपि यो चीनको बजार (१४.१ लाख करोड) भन्दा सानो छ ।
विवाह समारोहहरूको संख्या हेर्दा भारतमा हरेक वर्ष ८० लाखदेखि एक करोडसम्म विवाह समारोहहरू हुन्छन् । जबकि चीनमा यो संख्या ७० देखि ८० लाख प्रति वर्ष र अमेरिकामा २०–२५ लाख छ । अर्थात् प्रति विवाहको हिसाबले हेर्दा चीन र अमेरिकी परिवार भारतीयको तुलना धेरै खर्च गर्छन् ।
तर आँकडाहरूमा ध्यान दिएर हेर्दा भारतीय विवाह समारोहहरूको क्रममा परिवारमा पर्ने आर्थिक भार धेरै ठूलो हुन्छ । जेफ्रिजको रिपोर्टका अनुसार भारतमा विवाहमा औसत १२.५ लाख भारतीय रुपैयाँ खर्च हुन्छ । धूमधामका साथ हुने विवाहमा औसत २०–३० लाख भारतीय रुपैयाँ खर्च हुन्छ ।
तर एक विवाहमा खर्च हुने औसत खर्च अर्थात् १२.५ लाख भारतीय रुपैयाँ, भारतको जिडिपीको प्रतिव्यक्ति आय (२.४ लाख भारतीय रुपैयाँ) को लगभग पाँच गुणा हो । साथै एक भारतीय परिवारको औसत वार्षिक आय (४ लाख भारतीय रुपैयाँ) को तुलना यो तीन गुणा भन्दा बढी हो ।
जबकी भारतमा प्रि–प्राइमरी तहदेखि स्नातक तहसम्मको शिक्षाको औसत लागतको तुलना यो लागत दोब्बर छ । यिनै आँकडाहरूमा हेरेर हेर्दा अमेरिकामा विवाहमा हुने खर्च त्यहाँको शिक्षामा हुने खर्चको आधा हो । भारतमा भव्य विवाहले कम आय भएका परिवारहरूमा आर्थिक भार थप्छन् ।
ऋणको चपेटामा परिवार
चेन्नईकी कृतिकाको जीवनमा विवाहको दस वर्षसम्म सबै कुरा ठीक थियो । तर उनको विवाहपछि आमाबाबुलाई ऋणको जालबाट निस्कन करिब दस वर्ष लाग्यो । सन् २०१४ मा जब उनको विवाह भयो तब मण्डप र खानेमा नै करिब दस लाख भारतीय रुपैयाँ खर्च भएको थियो ।
कृतिकाले आफ्नो विवाहको खर्चबाट पाठ सिकिन् र अब उनले निर्णय गरेकी छिन् कि आफ्ना दुवै छोरीको विवाह सामान्यरुपमा गर्नेछिन् । त्यसैले उनले छोरीहरूलाई यस्तै जागरूकताका साथ अगाडि बढाउने सोचेकी छिन् ।
भव्य पार्टीमा युवाको आकर्षण
एकतर्फ एक यस्तो वर्ग छ जसले विवाहका लागि ऋणमा डुब्दछ भने अर्कोतर्फ एक यस्तो वर्ग छ जसले आफ्नो जम्मा पूँजीको धेरैजसो भाग विवाहमा खर्च गर्छ । चेन्नईकै दिनेशले चार–पाँच वर्षसम्म बचाएको पैसाको ७० प्रतिशत आफ्नो विवाहमा खर्च गर्नमा कत्ति पनि गलत लाग्दैन । दिनेश आफैं एक इभेन्ट प्लानर हुन् । उनले विवाहका लागि गरगहना, वेडिंग हल र स्टेज र सजावटमा करिब ३० लाख भारतीय रुपैयाँ खर्च गरे ।
दिनेश भन्छन्, “हाम्रो परम्परागत परम्पराहरूका अनुसार हामीले विवाह अघि केही रीतिरिवाज निभाउनु पर्छ । हामीले सबै कुरा धेरै शानदार तरिकाले गर्यौं । सगाई, विवाह, रिसेप्शन, सबै कुरा धेरै धूमधामका साथ गरिएको ।’ उनले दिनेशले फोटोसुटका लागि मात्रै डेढ लाख १.५ लाख भारतीय रुपैयाँ खर्च गरे ।
गरगहनामाथि हुने खर्च
आभूषणहरूमा हुने खर्च विवाहको पूरै बजेटलाई प्रभाव पार्दछ । जेफ्रिजको एक रिपोर्टका अनुसार, विवाह समारोहहरूमा मात्रै आभूषणहरूमा २.९ देखि ३.३ लाख करोड भारतीय रुपैयाँ खर्च गरिन्छ।
गरिब र मध्यम वर्गीय परिवारहरूको विवाहमा जसरी सुनलाई महत्व दिइन्छ, विलासितापूर्ण विवाहमा त्यस्तै महत्व हिरालाई दिइन्छ । सुनका आभूषणहरू लामो समयदेखि भारतीय विवाहको एक अभिन्न हिस्सा रहेका छन् । दुलहीको परिवार, दुलहको परिवारलाई दाइजोका रूपमा सुनका गरगहना दिन्छ र यसमा धेरै पैसा खर्च गर्छ । आमाबाबु ऋण लिएर छोरीहरूको लागि आभूषण खरिद गर्छन् ।
विवाह समारोहमा आभूषणहरू पछि खाना नै दोस्रो सबैभन्दा ठूलो खर्च हो । सामान्यतया मानिसहरूको मनोरञ्जनमा १.९ देखि २.१ लाख करोड भारतीय रुपैयाँ खर्च गरिन्छ । यसको अलावा कपडा, मेकअप, फोटोग्राफी र अन्य पक्षहरूमा खर्च अलगसँग हुन्छ ।
भारतमा विवाहको सांस्कृतिक महत्वका कारण भारत बाहिरका देशहरूमा भारतीय विवाहसँग सम्बन्धित बजारलाई बढावा मिलेको छ । गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह समारोह भारतमै मनाउन जोड दिएका थिए ।
उनीहरूले भारतीय परिवारहरूलाई विवाह समारोहका लागि विदेश जानेको सट्टा घरेलु आयोजन स्थलहरूलाई छनोट गर्न अनुरोध गरेका थिए । भारतलाई ध्यानमा राखेर, मुख्यतः जयपुर र उदयपुरमा महल र होटलहरू र गोवामा समुद्र किनारामा अमीर वा बलिउड हस्तीहरूको विवाह समारोह आयोजित गरिन्छ ।
‘मैरिज कलर्स’ का क्रिएटिवभ निर्देशक प्रदीप चन्दर दक्षिण भारतका तमिलनाडु र केरल जस्ता राज्यहरूमा चर्चित व्यक्तिहरूको विवाह गर्ने चलन बढेको बताउँछन् ।
उनीले भने, “अम्बानी परिवारले खाली स्थानहरूमा भव्य दिव्य सेट बनाएर विवाह अघि समारोह आयोजना गरेर एक नयाँ चलन स्थापित गरेका छन् । त्यस्तै बलिउड सेलिब्रिटिहरु अब बीच वेडिङ वा हिट फिल्महरुमा आधारित अनौठो थीममा विवाहतर्फ उन्मुख छन् । केही मानिसहरू ‘पोन्नियन सेलवन’ र ‘बाहुबली’ फिल्महरू जस्ता थीम सेट पनि मागिरहेका छन् ।”
यद्यपि यसको साथमा यस्ता युवाहरूको संख्या पनि राम्रै छ जो सादगीका साथ विवाह गरेर खर्च कम गर्न चाहन्छन् । तमिलनाडुका मदुरै जिल्लाका मनोज तिनैमध्येका एक हुन् ।
सामाजिक दबाव र उपभोक्ता संस्कृति
दिल्लीमा महिला विकास अध्ययन केन्द्रकी निर्देशक एन. मणिमेकलाइका अनुसार, मध्यम वर्ग धनीहरूको भव्य, असाधारण विवाहतर्फ आकर्षित हुन्छ । उनले भनिन्, “तर, यस्ता महंगा विवाहहरूले समाजमा दबाव सृजना हुन्छ । धेरै मानिसहरू कुनै पनि अवस्थामा भव्य समारोह आयोजना गर्ने दबाव महसुस गर्छन् । यदि त्यसको लागि ऋण लिनु आवश्यक छ भने उनीहरू लिन्छन् । उपभोक्ता संस्कृतिबाट प्रभावित भएर, युवा पिँढी जीवनको भरपूर आनन्द लिन चाहन्छ ।”
मानिसहरूको व्यवहारमा परिवर्तनको कारण यस्ता भव्य विवाह समारोह आयोजना गर्ने प्रवृत्ति बढ्दैछ । साधारण मानिसमा अरूको व्यवहारलाई देखेर त्यसलाई अपनाउने चलन बढ्दैछ । यसलाई प्रदर्शनबाट प्रभावित प्रभाव भनिन्छ ।
मणिमेकलाइ भन्छिन्, “विवाह समारोहको क्रममा, दुलहीको परिवार आभूषण, भाँडा, बिजुली उपकरण र अन्य घरेलु सामान खरिद गर्ने खर्च पनि हुन्छ । यसका लागि उनीहरूलाई ऋण पनि लिनुपर्दछ । तर, कामकाजी छोरीहरूको विवाहपछि, आमाबाबुहरूलाई कुनै वित्तीय सहायता प्राप्त हुँदैन, जसले गर्दा वृद्ध आमाबाबु ऋणको बोझमा  रहन बाध्य हुन्छन् ।”
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi