Skip to content

आज चालु आर्थिक वर्षको खर्च भुक्तानी दिने अन्तिम दिन

nabil bank

काठमाडौं । आज आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को लागि खर्च भुक्तानी गर्ने अन्तिम दिन हो। चालु आव २०८०/८१ को लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेटमा १३ खर्ब ९७ अर्ब रुपैयाँ मात्रको खर्च भएको छ। यो विनियोजन गरेको बजेटको तुलनामा ७९.८१ प्रतिशत मात्रै खर्च हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार असार मसान्तको दिन भुक्तानी गर्न रोक लगाइएको छ। नियमावली नै अधिकांश भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा एक साताअघि नै क्लियर गर्ने व्यवस्था गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुनु अघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ।

उपनियम १ मा ‘विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नु पर्नेछ ।’ विनियोजन ऐनले फ्रिज नहुने भने कुनै शीर्षक तोकेको छैन। महालेखा नियन्त्रकको कार्यालयले अधिकांश भुक्तानी असार २५ गते नै भएको जनाएको छ।

तर, पछि रकमान्तर गरेको र अनिवार्य दायित्व भएका खर्च भने आर्थिक वर्ष सकिनुको अघिल्लो दिन भुक्तानी दिन सकिने व्यवस्था गरिएको छ।

चालु वर्षका लागि सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा १ खर्ब ८३ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। ११ खर्ब ४१ अर्ब चालु खर्च विनियोजन गरिएकोमा अन्तिम दिन अगावै ९ खर्ब ४९ अर्ब रुपैयाँको खर्च भएको छ।

वित्तीय व्यवस्थापनमा ३ खर्ब सात अर्ब विनियोजन भएकोमा दुई खर्ब ६३ अर्ब रुपैयाँ खर्च भएको छ। त्यस्तै, अन्तिम समयमा ‘अवधि समाप्त भएपछि कार्यालयलाई कार्यक्रम संशोधन भई थप बजेट प्राप्त भएमा, खर्चको स्रोत परिवर्तन भएमा वा अति आवश्यक काम परी खर्च गर्नु परेमा त्यस्तो खर्च पुस्ट्याइँ गर्ने बिल भरपाई, बजेट थप भएको प्रमाण र अन्य कागजातसहित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेस गरी भुक्तानी निकासा माग गर्न सकिनेछ,’ उपनियम २ मा भनिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime