Skip to content
Prabhu

आइतबारका लागि कति छ विदेशी मुद्राको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३५ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७७ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८ रुपैयाँ ४३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३ रुपैयाँ ७० पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रीदर २८ रुपैयाँ ६९ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२ रुपैयाँ ७० पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७ रुपैयाँ १६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४१ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३९ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal