Skip to content
Prabhu

बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग

बागलुङ । सरकारले मनसुनजन्य विपदबाट ज्यान गुमाएका बागलुङका तीन जनाका परिवारलाई राहतस्वरुप ५ लाख ५० हजार रुपैयाँ नगद प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई २ लाख ५० हजार नगद प्रदान गरेको हो ।

यसैगरी यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो । विकका परिवारलाई चार लाख रुपैयाँ नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताए । उक्त रकम सङ्घीय र प्रदेश सरकारबाट प्राप्त भएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal