Skip to content
Prabhu

कोरला नाकामा भवन निर्माण, लागत ४ लाख २५ हजार

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा गण्डकी प्रदेश सरकारले सुरक्षा निकाय तथा उद्धार केन्द्रको भवन निर्माण गरेको छ ।

पूर्वाधार विकास कार्यालय मुस्ताङले एसवाई प्यानल प्रविधिको छकोठे एकतले भवन निर्माण गरेको हो । कार्यालयका प्रमुख अजय श्रेष्ठले सुरक्षा निकाय र आपत्कालीन अवस्थामा उद्धारका लागि भवन निर्माण गरिएको जानकारी दिए।

‘संरचना तयार भइसकेको भवन हस्तान्तरण र फर्निचर व्यवस्थापन भएपछि प्रयोगमा ल्याउन सकिन्छ’, उनले भने, ‘भौगोलिक विकटता, प्रतिकूल वातावरणका बाबजुद काम थालेको एक महिनामै भवन तयार भएको छ ।’

समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ भवन नहुँदा सुरक्षाकर्मी, भन्सारका कर्मचारी, व्यवसायी र पर्यटकहरुलाई समस्या भएको थियो ।

भूकम्प प्रतिरोधात्मक र वातावरण अनुकूलित भवनमा भान्सा कोठा, बैठक हल र कार्यालय प्रयोजनका लागि चारवटा कोठा बनाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम रोकाले बताउनुभयो । भवन ४० लाख २५ हजार ९ सय ९९ रुपैयाँ मा निर्माण गरिएको हो ।

जोमसोम सडक अवरुद्ध, चिसो मौसम र कामदार अभावका कारण निर्धारित मितिमा निर्माण पूरा हुन नसकेको भवनको प्रमुख संरचनाहरु तयार भएको पूर्वाधार विकास कार्यालयका प्राविधिक शतिश पनेरुले बताए ।

कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि चीन सरकारले गत कात्तिकमा १० जना अटाउन सक्ने चारवटा कन्टेनर उपलब्ध गराएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal