Skip to content
Prabhu

अमेरिकाको बटलर काउन्टीमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए ।पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्यालीमा ट्रम्पमाथि गोली प्रहार भएको बीबीसीले उल्लेख गरेको छ । गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरुले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए ।

उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको सो घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ । घटना लगत्तै ट्रम्पले सामाजिक सञ्जालमा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले उनको उपचार गरिरहेको जनाएका छन् ।

ट्रम्पले लेखेका छन्, ‘सुइँय गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो ।

राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गरेका छन् । बाइडेनले अमेरिकामा यस खालको हिंसाका लागि कुनै स्थान नभएको बताउँदै यस्ता घटनाको निन्दा गर्न सम्पूर्ण देश एकताबद्ध हुनुपर्ने बताएका छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal